Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रजातन्त्रको दुहाई दिएर सरकार तानाशाही भयो : महामन्त्री थापा

प्रजातन्त्रको दुहाई दिएर सरकार तानाशाही भयो : महामन्त्री थापा

  • आइतवार, जेठ १३ २०८१

  • 635
    SHARES

  • प्रजातन्त्रको दुहाई दिएर सरकार तानाशाही भयो : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले प्रेस स्वतन्त्रतामाथि धावा बोलेको दाबी गर्नुभएको छ । प्रेसमाथि विश्वव्यापी रुपमा सरकारबाट हस्तक्षेप हुने गरेका घटनाहरु स्मरण गर्दै उहाँले प्रजातन्त्रको दुहाई दिएर तानाशाह निम्त्याउने काम सरकारले गरेको उहाँको भनाइ छ ।

    आइतबार नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति समेत आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले यसलाई सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रुपमा चित्रण गर्नुभयो । अहिलेको सरकारले शाही सरकारको पालामा भन्दा बढी निरंकुश चरित्र देखाएको उहाँको दाबी छ ।

    440971989_1870825693438212_1222903232900640338_n.jpg

    उहाँले भन्नुभयो, ‘कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको जवाफदेही निज आफैं हुनुपर्छ । त्यसैले त हामी गृहमन्त्रीमाथि अनुसन्धान गर भनिरहेका छौं । मेरा बारेमा प्रत्येक विषय अनुसन्धान होस् भनिरहेको छु । कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन, तर म सञ्चारमाध्यमका साथीलाई आग्रह गर्न चाहन्छु, अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ । हामीले पूर्वराजा ज्ञानेन्द्रको छोटो शासनमा भोग्यौं । सञ्चारमाध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास त्योबेलामा पनि यत्ति भएको थिएन ।’

    यसैबीच, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आसन्न पत्रकार महासंघको निर्वाचनमा वास्तविक पत्रकारले सदस्यता पाउनुपर्ने र गैह्र पत्रकारको छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ । लम्सालले प्रेस युनियनको स्थापना दिसव कार्यक्रमले महासंघमा देखिएका विकृत पक्षहरुलाई हटाउन उर्जा प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सञ्चालक नेपाल प्रेस युनियनका सचिव लालकुमार मोक्तानले गर्नुभएको थियो ।

     


    आइतवार, जेठ १३ २०८१०३:५१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij