Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्युु

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्युु

  • शनिवार, कार्तिक १५ २०७७

  • 762
    SHARES

  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्युु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहेका दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको हो ।

    त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ ।उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हो ।

    यसैबिच ,दाङ घोराहीका एकजना कोरोना संक्रमित पुरुषको आज विहान बाँकेमा मृत्यु भएको छ।

    घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा विहान ५ बजे मृत्यु भएको हो ।

    बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो। हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको छ ।

     


    शनिवार, कार्तिक १५ २०७७०९:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij