Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कैलाश सिरोहियालाई दोहोरो नागरिकताको आरोपमा पक्राउ गरिएको हो, दोषी भए कारबाही हुनुपर्छ नभए रिहा: लीलानाथ श्रेष्ठ

कैलाश सिरोहियालाई दोहोरो नागरिकताको आरोपमा पक्राउ गरिएको हो, दोषी भए कारबाही हुनुपर्छ नभए रिहा: लीलानाथ श्रेष्ठ

  • बुधवार, जेठ ९ २०८१

  • 518
    SHARES

  • कैलाश सिरोहियालाई दोहोरो नागरिकताको आरोपमा पक्राउ गरिएको हो, दोषी भए कारबाही हुनुपर्छ नभए रिहा: लीलानाथ श्रेष्ठ

    काठमाडौं । नेकपा एमालेका नेता लीलानाथ श्रेष्ठले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको बताउनुभएको छ ।

    सिरोहियामाथि दोहोरो नागरिकता भएको अभियोगमा मुद्दा चलाउनको लागि पक्राउ गरिएको भन्ने बुझिएको बताउँदै यसबारेमा आफूले पनि बिस्तृत बुझिरहेको स्पष्ट पार्नुभयो ।

    सिरोहियालाई हिजो दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीमा रहेको कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईसहितको टोली पुगेको थियो ।

    आज बिहान धनुषा पु¥याइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठले सिरोहियाको वास्तवमै दुइ वटा नागरिकता भएको हो भने छानबिन गरेर दोषी पुष्टि भए कारबाही हुनुपर्ने र निर्दोष भए स–सम्मान रिहा गरिनुपर्नेमा जोड दिनुभयो ।

    कानुनभन्दा ठुलो राष्ट्रपति, प्रधानमन्त्रीलगायत कोहि पनि नहुने भएकाले कानुनविपरित सिरोहियाको गतिविधि छ भने कारबाही हुनैपर्ने दोहो¥याउनुभयो । छानबिनबाट थाहा हुने कुरा भएकाले अध्ययन गरेरै मुद्दा चलाएको हुन सक्ने नेता श्रष्ठको अनुमान रहेको छ । यस्तै गलत गतिविधि गर्ने जो सुकै पनि कानुनको दायरामा आउने र ल्याइनुपर्ने पनि उहाँको भनाइ छ ।


    बुधवार, जेठ ९ २०८१०८:२४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij