Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २८ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २८ हजार नाघ्यो

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 973
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २८ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट १ लाख २८ हजार बढि निको भएका छन् । आज ४ हजार ९६ जना संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म नेपालमा संक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

    यस्तै आज थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१ सय ५६ पुरुष र १३ सय ६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिनेमा काठमाडौं उपत्यकामा १८ सय ८८ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १५ सय ८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना छन् । त्यस्तै मोरङमा २५५, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१ र नुवाकोटमा ३३ जना संक्रमित भेटिएका छन् ।

    नवलपरासी पूर्वमा २९, कैलालीमा २८ जना, दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९–१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३–१३ जना संक्रमित भेटिएका छन् ।

    सिन्धुपाल्चोक र पर्वतमा १२–१२ जना, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८–८ जना, बाग्लुङ, पाल्पा, सुर्खेतमा ७–७ जना, रामेछाप, कपिलवस्तु र जम्लामा ६–६ जना, धनकुटा, सर्लाही, सिन्धुली, डडेल्धुरामा ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४–४ जना, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३–३ जना, सोलुखुम्बु, कालीकोट र डोटीमा २–२ जना, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैबिच पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।


    शुक्रवार, कार्तिक १४ २०७७०६:४०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij