Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रसायनशास्त्री तथा अनुसन्धानकर्ता लक्षित हर्बेरियम तयारि कार्यशाला सम्पन्न

रसायनशास्त्री तथा अनुसन्धानकर्ता लक्षित हर्बेरियम तयारि कार्यशाला सम्पन्न

  • सोमवार, जेठ ७ २०८१

  • 2.0K
    SHARES

  • रसायनशास्त्री तथा अनुसन्धानकर्ता लक्षित हर्बेरियम तयारि कार्यशाला सम्पन्न

    काठमाडौं। नेपाल केमिकल सोसाइटीको आयोजना र रसायनशास्त्र केन्द्रिय विभागको सहकार्यमा आज एकदिने हर्बेरियम तयारि कार्यशाला सम्पन्न भएको छ।

    रसायनशास्त्र केन्द्रिय विभागको सभाहलमा भएको उक्त कार्यक्रमको सभापतित्व सोसाइटीका अध्यक्ष प्रा. डा. जगदिश भट्टराईले गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथीमा नेपाल केमिकल सोसाइटीका निवर्तमान अध्यक्ष एबम हालका सल्लाहकार, त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रबिधि अध्ययन संस्थान सहायक डिन सह- प्रा. डा. सुरेन्द्र कुमार गौतमले नेपालमा पाइने बिभिन्न जडिबुटीजन्य बनस्पती र त्यसको अध्ययन अनुसन्धानको लागि हर्बेरियम तयारी अपरिहार्य भएको उल्लेख गर्दै सम्पूर्ण उपस्थित शिक्ष्यार्थीहरु लावान्भित हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो।

    सोसाइटीका सचिव डा. डासुराम पौडेलले संचालन गर्नु भएको कार्यक्रममा सर्बाधिक सहभागी बिभिन्न विभागबाट स्नातकोत्तर र विद्यावारिधि तहका शोधार्थी विद्यार्थीहरू रहनुभएको थियो। हर्बेरियम तयारि तालिम तथा सहजिकरणको लागि वनस्पति विभाग, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीबाट बिज्ञहरु बैज्ञानिक अधिकृत डा. तिर्थ राज पाण्डे र तिल कुमारी थापालाइ आमन्त्रण गरिएको थियो।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सोसाइटीका महासचिव सह प्रा. डा. अच्युत अधिकारीले रसायनशास्त्रिको मेरुदण्डको रुपमा रहेको वनस्पति अनुसन्धानको सिलशिलामा बिद्यार्थीहरुले धेरै समस्या भोग्नु परेको र आजको कार्यशालाले आगामी दिनमा वनस्पति सम्बन्धि रसायनको खोज तथा अनुसन्धानमा सहयोग पुग्ने धारणा राख्नु भयो।

    ५० भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा सहभागीहरुको सक्रिय सहभागितामा श्रव्यदृश्य सामाग्री प्रदर्शन, वनस्पति संकलनको तरिका, संकलन पश्चातका विविध पक्षहरुको बारेमा बिज्ञहरुले प्रशिक्षण दिनुभएको थियो।


    सोमवार, जेठ ७ २०८११२:४३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij