Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टीओआरमा सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक २ बजेलाई सर्‍यो

टीओआरमा सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक २ बजेलाई सर्‍यो

  • आइतवार, जेठ ६ २०८१

  • 884
    SHARES

  • टीओआरमा सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक २ बजेलाई सर्‍यो

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ ।

    बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

    संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।

    उक्त समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।

    सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच शनिबार साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन ।


    आइतवार, जेठ ६ २०८१०१:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij