Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भ्रमको राजनीति गरेर जनतालाई आकर्षित गर्ने ओलीको चाहना पूरा हुन दिन्नौ: रामहरि खतिवडा

भ्रमको राजनीति गरेर जनतालाई आकर्षित गर्ने ओलीको चाहना पूरा हुन दिन्नौ: रामहरि खतिवडा

  • बिहिवार, जेठ ३ २०८१

  • 1.1K
    SHARES

  • भ्रमको राजनीति गरेर जनतालाई आकर्षित गर्ने ओलीको चाहना पूरा हुन दिन्नौ: रामहरि खतिवडा

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारीको रकम हिनामिना प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली आत्तिएको देखेर अच्चमीत बनेको बताउनुभएको ।

    गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा कांग्र्रेसले संसदीय छानबिन समिति गठनको मागमा अडान कायमै राखिरहेको छ ।

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड कांग्रेसको मागमा केहि लचक देखिए पनि ओली र गृहमन्त्री लामिछानेले समिति बनाउन आवश्यक नरहेको भन्दै पन्छिरहेका छन् । सत्तापक्ष र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले सहकारी, बैंक ठगी, गिरिबन्धु टि–स्टेट प्रकरण मात्रै नभएर अब नीतिगत भ्रष्टाचारका कुराहरु पनि संसदमा उठाउने स्पष्ट पार्नुभयो ।

    बाहिर सार्वजनिक भइरहेका विभिन्न प्रकरणमा ओलीले बोल्नु भनेको कार्यकर्ता उत्साहित पार्नुबाहेक अरु नभएको नेता खतिवडाको भनाइ छ ।

    ओलीले प्रतिपक्षलाई आवेशमा ल्याएर संसदलाई अमर्यादित बनाउन खोजिरहेको आरोप लगाउँदै संसदीय व्यस्थामाथि बारम्बार प्रहार गर्ने ओलीको बानी नै भएको तर्क गर्नुभयो ।

    नेपाली जनातालाई सधै भ्रममा राखेर भ्रमको राजनीति गरेर जनतालाई आकर्षित गराउने ओलीको चाहना अब कांग्रेसले पूरा हुन नदिने नेता खतिवडाको दाबी रहेको छ ।

    यस्तै आजको संसद बैठकमा आफूहरुले कुरा राखिसकेपछि मात्रै गृृहमन्त्रीले बोल्न पाउने र चित्त नबुझेको अवस्थामा आफूहरुले बोल्नेगरि सहमति भएमा सदन चल्न दिने नेता खतिवडाको भनाइ छ । तर छानबिन समिति भने गठन हुनैपर्ने उहाँको अडान रहेको छ ।


    बिहिवार, जेठ ३ २०८१०८:२७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij