Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारको नीति तथा कार्यक्रममा सबैका सरोकारका विषय समेटिएको छ: सूर्य थापा

सरकारको नीति तथा कार्यक्रममा सबैका सरोकारका विषय समेटिएको छ: सूर्य थापा

‘कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न दिए मात्रै पनि अवरोध हट्छ’
  • बुधवार, जेठ २ २०८१

  • 479
    SHARES

  • सरकारको नीति तथा कार्यक्रममा सबैका सरोकारका विषय समेटिएको छ: सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारको नीति तथा कार्यक्रममा सबैका सरोकारहरुका विषय समेटिएको बताउनुभएको छ ।

    हिजो सार्वजनिक भएको नीति तथा कार्यक्रम एकदमै राम्रो नभएको भए पनि आजको शक्ती सन्तुलनको स्थितिमा सबैका सरोकारहरुका विषय समेट्दै सकेसम्म राम्रो बनाउने कोशीसमा आएको स्पष्ट पार्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

    सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जोड दिइएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले धेरै कुरा समेट्न खोज्दा पनि केहि महत्वपूर्ण कुराहरु छुटेको बताउँदै जति सार्वजनिक गरिएका छन् ती सबै कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिनुभयो ।

    यस्तै, सरकारको नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया आएका छन् । सत्ता पक्षका सांसदले कार्यक्रमको बचाउ गर्दै सकारात्मक, आशालाग्दो र रुपान्तरणकारी भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै प्रतिपक्षी दलका नेताहरुले परम्परागत र कार्यान्वयन हुने आधार नदेखिएको टिप्पणी गरेका छन् ।

    अर्को प्रसंगमा थापाले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिए मात्रै पनि अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै कांग्रेसले समिति गठनको माग गरिरहेको छ भने सरकारले गृहमन्त्रीको संलग्नता नरहेकाले समिति गठनको आवश्यक नै नभएको भन्दै पन्छिरहेको छ । सत्तापक्ष र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ ।

    गृहमन्त्रीको कुरा सुनेर कांग्रेस कन्भिन्स भएन भने पनि अगाडि बढ्ने धेरै बाटाहरु रहेकाले कांग्रेसले एकपटक बोल्न दिनुपर्ने र कुरा सुन्नपर्ने आग्रह गर्नुभएको छ ।




    बुधवार, जेठ २ २०८१०८:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij