Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सभापति देउवाद्वारा शीर्ष नेताको बैठक आह्वान

सभापति देउवाद्वारा शीर्ष नेताको बैठक आह्वान

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 1.0K
    SHARES

  • सभापति देउवाद्वारा शीर्ष नेताको बैठक आह्वान

    काठमाडौं । मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीभित्र देखिएको बिवाद समाधानको प्रयास स्वरुप कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी सोमवारका लागि शीर्ष नेताको बैठक बोलाउनुुभएको छ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेतासँग आशंका निवारण गरेर महाधिवेशनको माहौल बनाउन सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुुभयो।

    महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले कात्तिक २१ गते शुक्रवारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । यसअघि असोज १९ देखि बस्ने भनिएको बैठक केही केन्द्रीय सदस्यलाई कारोना संक्रमण देखिएपछि रोकिएको थियो।


    शुक्रवार, कार्तिक १४ २०७७०३:३१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij