Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सुधारोन्मुख, विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्यो (पूर्णपाठसहित)

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सुधारोन्मुख, विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्यो (पूर्णपाठसहित)

  • आइतवार, बैशाख ३० २०८१

  • 715
    SHARES

  • देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सुधारोन्मुख, विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्यो (पूर्णपाठसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।
     
    यस्तै आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ । यसैगरी विप्रेषण (रेमिटेन्स) आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ३६५ अर्ब १६ करोडले बचतमा रहेको छ । 
     
    बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १९११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ भने  नेपाल सरकारको खर्च ९०९ अर्ब ३९ करोड र राजस्व परिचालन ७४८ अर्ब ४ करोड रहेको छ ।
     
    यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको पनि बैंकले जनाएको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 
     


    आइतवार, बैशाख ३० २०८१०२:२९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij