Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेको स्वागत

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेको स्वागत

प्रभावकारी बजेटको तयारीमा लाग्नु पर्नेमा जोड
  • शुक्रवार, बैशाख २८ २०८१

  • 603
    SHARES

  • मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेको स्वागत

    काठमाडौं। नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेलाई स्वागत गरेको छ ।

    स्वागत कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन पर्वद्धन गर्न सकिने बताउनु भयो ।

    बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधैं सकारात्मक रहेको बताउँदै उहाँले पर्यटन प्रर्वद्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न निर्देशन दिनुभयो ।

    यस्तै बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाहरुबीच सहकार्य आवश्यक भएको उल्लेख गर्दै बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नु पर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैंसाथ सहयोग रहने बताउनु भयो ।

    बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने बताउँदै नवनियुक्त अध्यक्षलाई स्वागत गर्नु भयो ।

    सो अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतिकरण दिनुभएको थियो । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका सदस्य सन्तोषविक्रम थापाले कर्मचारीका हक हित समस्या तथा समसामयिक विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

    89292b00-4b31-45ea-991b-aac4c461da74.jpg


    शुक्रवार, बैशाख २८ २०८१०३:४०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij