Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा व्यक्ति विशेषभन्दा पनि समग्र छानबिन हुनुपर्छ: युवराज ज्ञवाली

सहकारी प्रकरणमा व्यक्ति विशेषभन्दा पनि समग्र छानबिन हुनुपर्छ: युवराज ज्ञवाली

  • शुक्रवार, बैशाख २८ २०८१

  • 413
    SHARES

  • सहकारी प्रकरणमा व्यक्ति विशेषभन्दा पनि समग्र छानबिन हुनुपर्छ: युवराज ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सहकारी ठगी प्रकरणमा दोषी कसैलाई पनि नछोड्ने बताउनुभएको छ ।

    गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाममुछिएको उक्त प्रकरणमा छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष कांग्रेको माग कायमै रहेको बेला नेता ज्ञवालीले एक व्यक्ति विशेषभन्दा पनि समग्रमा छानबिनतर्फ जानुपर्ने र तथ्य र प्रमाणका आधारमा दोषी ठहरिएका जो सुकै व्यक्तिमाथि पनि कावबाही हुने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले सरकार जहिले पनि पीडीतको पक्षमा रहेको बताउँदै कांग्रेसको मागका विषयमा पनि छलफलबाट समाधान निस्कने कुरामा विश्वास दिलाउनुभयो ।

    कांग्रसले लगातार सहकारी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा लगायतका माग राख्दै संसदमा अवरोध गरिरहेको छ भने आज बस्ने संसद बैठकमा पनि सोहि अडान कायम राख्ने बताएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले भने यस विषयमा छानविन समिति बनाउनुपर्ने आवश्यक नै नरहेकाले कांग्रेसको मागलाई स्विकार्न नसकिने बताउँदै आइरहेका छन् ।


    शुक्रवार, बैशाख २८ २०८१०८:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij