Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

लगानी सम्मेलनको खर्च ७१ लाख

लगानी सम्मेलनको खर्च ७१ लाख

  • बिहिवार, बैशाख २७ २०८१

  • 466
    SHARES

  • लगानी सम्मेलनको खर्च ७१ लाख

    काठमाडौं। सरकारले गत वैशाख १६ र १७ गते सम्पन्न गरेको तेस्रो लगानी सम्मेलनमा करिब ७१ लाख रुपैयाँ खर्च भएको छ।

    लगानी बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्न उपाध्यायले काठमाडौंमा सम्पन्न उक्त सम्मेलनमा २५ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेको बताउनुभयो। नेपालबाहेक विभिन्न मुलुकबाट ८०० भन्दा बढी विदेशी सम्मेलनमा सहभागी थिए।

    दुई दिनसम्म चलेको सम्मेलनमा आफ्नो ७१ लाख रुपैयाँ खर्च भएको उपाध्यायले पुष्टी गर्नुभयो। उहाँले थप केही खर्च अर्थ मन्त्रालयको आग्रहमा विदेशी दातृनिकाय (बेलायत)को सहयोगबाट समेत भएको तर त्यसको विवरण प्राप्त नभएको बताउनुभयो।


    बिहिवार, बैशाख २७ २०८१०२:१७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij