Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाले बुढानीलकण्ठमा बोलाए पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई...

देउवाले बुढानीलकण्ठमा बोलाए पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई...

  • बुधवार, बैशाख २६ २०८१

  • 1.1K
    SHARES

  • देउवाले बुढानीलकण्ठमा बोलाए पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई...

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई बूढानीलकण्ठ बोलाउनुभएको छ ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र २८ गतेदेखि सुरू हुने बजेट अधिवेशनका विषयमा छलफल हुने जनाइएको छ।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्नं संसदीय समिति बनाउनुपर्ने माग राख्दै आइरहेको छ। तर, सरकारले समितिको पक्षमा छैन।

    हिजो सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक राखेपनि गतिरोध हटाउने बिषयमा सहमति बन्न सकेन। आज त्यसबारेमा पार्टीको रणनीतिबारे छलफल हुने जनाइएको छ।

    यस्तै, बैठकमा भोलि बस्ने संसदीय दलको बैठकबारे पनि छलफल हुनेछ।


    बुधवार, बैशाख २६ २०८१०१:४९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij