Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

  • आइतवार, बैशाख २३ २०८१

  • 882
    SHARES

  • सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । 
     
    यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीनपटक सुनवाइ स्थगित भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।
     
    सन्दीपले टी २० विश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाइ हुनु निकै महत्त्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्नेछन् । विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।
     


    आइतवार, बैशाख २३ २०८११०:१५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij