Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने नगरपालिकाको तयारी

रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने नगरपालिकाको तयारी

पर्यटक भित्र्याउन वर्षै भरि विभिन्न कार्यक्रम आयोजना गरिने
  • मंगलवार, बैशाख १८ २०८१

  • 870
    SHARES

  • रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने नगरपालिकाको तयारी

    काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ ।

    कार्यक्रमबारे जानकारी दिन मंगलवार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरेर नगरपालिकाले सो जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा काठमाण्डौमा आयोजना गर्न लागिएको “जाउँ हिँड रेसुङ्गा” विशेष प्रर्वधनात्मक कार्यक्रमको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खिलध्वज पन्थिले गुल्मीको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितीमा यही वैशाख २० गते काठमाडौंबाट अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

    प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षै भरि विभिन्न कार्यक्रम आयोजना गरिने पन्थिले जानकारी दिनभयो ।

    सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससंगै रेसुङ्गाको प्रर्वद्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गर्नु भयो ।

    उहाँले सो क्षेत्रको पर्यटन प्रर्वद्धनको लागि बोर्डको साथ सहयोग रहने बताउनु भयो । बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुङ्गाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रर्वद्धन हुने बताउनु भयो ।

    कार्यक्रममा डा. नारायाचार्य तिसिमल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रर्वद्धनका लागि रुरु क्षेत्रको रेहको शालिग्रामको संरक्षण आवश्यक रहको बताउँदै शालिग्रामको संरक्षणको लागि ऐन बनाउनु पर्ने बताउनु भयो ।

    रेसुङ्गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो । यो क्षेत्र क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन् । यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र अत्यन्तै महत्वपुर्ण रहेको छ ।

    महर्षि ऋष्यशृङ्गसित सम्बन्ध रहेको मानिने यस तपोभूमिमा अनेक ऋषिमुनि र साधुसन्तहरूले तपस्या गर्दै आएको र त्रेता युगमै महर्षि ऋष्यशृङ्ले यहाँ आई तपस्या गरेको र ऋष्यशृङ् महर्षिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए ।

    जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघ्न जस्ता पुत्ररत्नहरू प्राप्त भएका थिए भन्ने कुरा वाल्मीकि रामायणको बालकाण्डको ९-१५ सर्ग सम्ममा विस्तृत वर्णन गरिएको पाइन्छ । हवाई तथा सड्क यातायातका विभिन्न विकल्पहरु प्रयोग गरेर रेसुङ्गा पुग्न सकिन्छ ।


    मंगलवार, बैशाख १८ २०८१०५:२४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij