Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन अपडेट : प्रतिष्ठाको लडाइँमा दलहरू, आकलन एक परिणाम अनेक (खास खबर)

उपनिर्वाचन अपडेट : प्रतिष्ठाको लडाइँमा दलहरू, आकलन एक परिणाम अनेक (खास खबर)

  • आइतवार, बैशाख १६ २०८१

  • 1.7K
    SHARES

  • उपनिर्वाचन अपडेट : प्रतिष्ठाको लडाइँमा दलहरू, आकलन एक परिणाम अनेक (खास खबर)
    काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचन मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म इलाममा नेकपा एमालेका सुहाङ नेम्बाङले २ हजार ५ सय ४२ मत नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार १ सय ९७ मत, स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ५ सय ९३ मत र रास्वपाका मिलन लिम्बुले ३७९ मत प्राप्त गर्नुभएको छ । यता,  बझाङमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २ हजार ६ सय ३८ मत, माओवादी उम्मेदवार जनक बुढाले १ हजार ७ सय १९ मत र कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६४ मत प्राप्त गर्नुभएको छ ।   
       
    यो उपनिर्वाचन दलहरूका लागि प्रतिष्ठाको लडाइँ रहेको छ भने नयाँ र स्वतन्त्रहरूले आफू स्थापित हुने अवसरका रुपमा लिएका छन् । उपनिर्वाचनमा दलहरूले आफ्नो सम्पूर्ण शक्ति इलाम र बझाङमा केन्द्रित गरेका थिए । मतदातालाई रिझाउनका निम्ति अन्य निर्वाचनजस्तै दलहरूले  भरपुर प्रयत्न समेत गरेका थिए । विगतको तुलनामा यो उपनिर्वाचन निकै फरक देखिएको छ । स्वतन्त्रसँगै नयाँ दलहरू पनि चुनावमा होमिएकाले दलहरूको सिन्डिकेटमाथि दबाब पनि देखिएको छ । उपनिर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमा खासै असर नगरेपनि दलहरूले प्रतिष्ठाको लडाइँका रुपमा लिएको राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको भनाइ छ । 
     
    उपनिर्वाचनको नतिजाले स्थापित दल र नयाँ, स्वतन्त्रहरूलाई गाइडलाइन प्रस्तुत गर्ने देखिएको छ । लामो समयसम्म पार्टीलाई पेवाको रुपमा लिने प्रचलन पनि बिस्तारै हराउँदै गएको पाइन्छ । जनताले पनि आफ्नो प्रतिनिधि छान्नका लागि विवेक प्रयोग गर्दै गएका छन् । उनीहरू सामान्य प्रलोभनबाट टाढा रहेर दूरगामी महत्त्व राख्ने उम्मेदवार छनोटमा चासो दिन थालेका छन् । २०६२÷०६३ को जनआन्दोलनपछि आएको परिवर्तनले बिस्तारै मतदातामा चेतनाको बिस्तार भएको छ तर दल र तिनका नेताहरूले झुक्याउँदै आएका छन् । २०७९ सालको आमनिर्वाचनसम्म आइपुग्दा निकै ठुलो परिवर्तन भएको देखिन्छ । जनताको आशा घोषणापत्रका विषय कार्यान्वयनमा आइदिए मतको सदुपयोग हुने रहेको राजनीतिक विश्लेषक भेषराज घिमिरेको भनाइ छ ।  
     
    यो उपनिर्वाचन मिसन ०८४ भन्नेहरूका लागि सुध्रिने र थप मेहनत गर्नुपर्ने कडीका रुपमा स्थापित हुने देखिन्छ । अहिलेको नतिजाले नै मिसन ०८४ सफल हुन्छ भन्नु भ्रम मात्रै हुनेछ । दलहरूलाई सुध्रेर जाने मौकाको रुपमा यसलाई लिन सकिन्छ । अहिलेको मुलुकको जर्जर अवस्थालाई सुधारोन्मुख दिशामा अगाडि बढाउन विद्यमान नेता र दलहरू एकताबद्ध हुनुपर्ने अवस्था छ तर त्यसमा कसैको पनि ध्यान जान सकेको छैन । मात्रै सत्ता र प्रतिपक्षीको हानथापमा देश गुज्रिएको छ । अझै यही हालत निरन्तर रहे मुलुकको दुर्दशा थप कमजोर बन्दै जाने पक्कापक्की छ । 
     


    आइतवार, बैशाख १६ २०८१०७:४९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij