Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन

‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन

  • शनिवार, बैशाख १५ २०८१

  • 1.6K
    SHARES

  • ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन
    काठमाडौं । नेपाली चलचित्र उद्योगमा नयाँ प्रयोग गरेर बनाइएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ ।
     
    त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा  उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो ।
    ff.jpg
     
    प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता थियो । यस कार्यक्रममा फिल्म निर्माण टिमका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
     
    रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा गरिएको यस विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको जनाएको छ ।
    1.jpg
     
    आधा दर्जन बढी सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिँदै गएको गाउँको कथा प्रस्तुत गरेको छ ।
     
    निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताउनुभयो । उहाँले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ को विशेष प्रदर्शन गरिने जानकारी दिनुभयो। 
     
    उहाँले भन्नुभयो, ‘यो पहिलो प्रदर्शन हो । अब हामी विभिन्न संघसंस्था, क्लब तथा व्यक्तिहरूसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाउनेछौं  अहिलेसम्म बुटवल, हेटौडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शन हुने लगभग निश्चित भएको छ ।’
     
    ‘रित्तो गाउँमा’ वरिष्ठ कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल तथा अहिलेका लोकप्रिय अभिनेता मुकुन भुसाल र नव अभिनेत्री सविना राउतको अभिनय देख्न सकिन्छ । 
     
    अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छुट्टाइएको छ । पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ । दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ ।
     
    आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुनुहुन्छ । फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कँडेल कार्यकारी निर्माता हुनुहुन्छ ।
     
    नीरज कँडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गर्नुभएको हो। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गर्नुभएको छ भने साउण्ड डिजाइनिङको काम भरत कँडेलले गर्नुभएको छ ।


    शनिवार, बैशाख १५ २०८१०६:५३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij