काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज पुनः राताम्मे बनेको छ। हिजो १२ अंक बढीले बढेको बजार आज १५.४१ अंक घटेर राताम्मे बनेको हो। आज नेप्से ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा बन्द भएको छ।
हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ। आज २ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। आईतबार २ अर्ब २५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
आज समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ। बाँकी सबै समूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ।
फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। आज ४९ कम्पनीको १८६ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ। कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ ।