काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ ।
यसदिन ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भयो । सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।
यसदिन दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढ्यो । पिपुल्स पावरका लगानीकर्ताले गुमाए । सो कम्पनीको सेयर ७.४६ प्रतिशतले ओरालो लाग्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको १० करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो ।
सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार, पिपुल्स पावरको ७ करोड १९ लाख,रुरु जलविद्युत परियोजना र पोखरा फाइनान्सको ६/६ करोडको सेयर कारोबार भयो । दुई समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन् ।
डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य ओरालो लाग्दा अन्य समूहको उपसूचक भने उकालो लागे । यसदिन कारोबारमा आएका १७६ कम्पनीको मूल्य बढ्दा ६३ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो ।