Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अहिलेको गठबन्धनमा एमाले भएको कारण देश र जनताको हितमा काम हुन्छ: शेरधन राई

अहिलेको गठबन्धनमा एमाले भएको कारण देश र जनताको हितमा काम हुन्छ: शेरधन राई

  • शनिवार, बैशाख ८ २०८१

  • 433
    SHARES

  • अहिलेको गठबन्धनमा एमाले भएको कारण देश र जनताको हितमा काम हुन्छ: शेरधन राई

    काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले पार्टी सरकारमा हुँदा विकाश, संवृद्धि र शुसासन संभव रहेछ भन्ने कुराको अनुभुति गराएर काम गरेको दाबी गर्नुभएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकरले सबैको कुराको संभव रहेछ भन्ने गरि जनतालाई प्रत्यक्ष अनुभुति हुने गरेर केन्द्र र प्रदेशमा काम गरेको नेता राईको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका राईले विकाशका कुरा आकाशको फल जस्तै रहेको अवस्थामा एमाले नेतृत्वको सरकारको बेलामा देश र जनताका लागि धेरै राम्रा काम भएको स्पष्ट पार्नुभयो ।

    तीन वर्षमा रोजगारीका अवसर, विकाशका लहर सिर्जन गरेको बताउँदै नेता राईले एमालेलाई नेतृत्वबाट हटाइएपपछि देशको अवस्था, आर्थिक अवस्था बिग्रीएको र युवाहरु देशभित्र बस्ने स्थिती नबनेको तर्क गर्नुभएको छ । एमाले देशको नेतृत्वमा नहुँदा देशमा अराजकता निम्तिएको उहाँको भनाइ छ ।

    वर्तमान अवस्थामा एमालेकै कारण देशको अवस्थामा केहि सुधार आउन थालेको पनि नेता राईको दाबी रहेको छ । अहिलेको गठबन्धनमा एमाले भएको कारण पनि देश र जनताको हितमा काम हुनेमा सबै आशावादी रहनुपर्ने समेत उहाँको भनाइ छ । वर्तमान गठबन्धनले जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पनि नेता राईको दाबी छ ।

    यस्तै प्रदेशमा देखिएका जति पनि समस्याहरु छन् ती सबै चाँडै सहमतिमा आएर टुंगिने कुरामा उहाँको विश्वास रहेको छ । यस्तै आजदेखि सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

    ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्दै छ । भोलिसम्म चल्ने बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुने नेता राईले बताउनुभयो ।

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने नेता राईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्ने बताइएको छ । परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको पनि समीक्षा गरिनेछ ।


    शनिवार, बैशाख ८ २०८१०८:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij