Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशमा आएको आर्थिक मन्दीको मुख्य कारण नै सहकारी ठगी हो: प्रदीप पौडेल

देशमा आएको आर्थिक मन्दीको मुख्य कारण नै सहकारी ठगी हो: प्रदीप पौडेल

  • शुक्रवार, बैशाख ७ २०८१

  • 479
    SHARES

  • देशमा आएको आर्थिक मन्दीको मुख्य कारण नै सहकारी ठगी हो:  प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचारविरुद्ध सशक्तरुपमा आवाज निरन्तर उठाइरहने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले देशमा जति पनि भ्रष्टाचार र बेथिती बढिरहेका छन् यी सबैका विरुद्ध लडिरहेको र भ्रष्टाचारीहरु कारवाहीको दायरामा नआएसम्म निरन्तर लडिरहने बताउनुभयो ।

    अहिलेको ताजा सहकारी ठगी प्रकरणमा ज–जस्को नाम मुछिएको छ ती सबै व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने र पीडितले क्षतीपुर्तीसहित न्याय पाउनुपर्ने नेता पौडेलको भनाइ रहेको छ । कुनै पनि वचतकर्ताको रकम हिनामिना हुन नहुने र सहकारी सञ्चालन गरेर रकम अपचलन गर्ने जो सुकैलाई पनि सरकारले उन्मुक्ति दिन नहुनेमा उहाँले जोड दिनुभयो ।

    देशभरका ठगीमा मुछिएका सहकारीबारे छानविन हुनुपर्ने आफूहरुले उठाएको कुरामा कांग्रेससहित अन्य दलको पनि समर्थन बढिरहेकोले निष्पक्ष छानविन आयोग बनाउनबाट सरकार पछि हट्न नपाउने चेतावनी दिनुभयो । जनता सबैभन्दा धेरै जोडिएको संस्था भनेकै सहकारी भएकाले देशमा अहिले आएको आर्थिक मन्दीको मुख्य कारण नै सहकारीले गरेको ठगी भएको नेता पौडेलको दाबी छ ।

    आर्थिक मन्दीको अवस्था अन्त्य गर्न, आर्थिक क्षेत्रलाई गतिशील बनाउनका लागि सहकारी अपचलन गर्नेहरुको खोजी गरेर कारवाही गर्न र वचतकर्ताहरुको रकम सुरक्षित गर्न आवश्यकता रहेको पनि उहाँले औल्याउनुभयो ।

    गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि लगाएको आरोप प्रमाणबेगरको नभएकाले यो पुष्टि गर्नकै लागि छानविन समिती गठनको माग गर्दा पनि सरकारले अस्विकार गर्नु नै झन् ठुलो प्रमाण र पुष्टि हुने नेता पौडेलको दाबी रहेको छ ।

    समिती बनाउन नाम मुछिएकै व्यक्ति भाग्नु र सरकारले जोगाउन गरेको प्रपञ्च नै मुछिएका व्यक्ति दोषी छन् भन्ने प्रष्टै बुझिने उहाँको भनाइ छ ।


    शुक्रवार, बैशाख ७ २०८१०८:४४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij