नेपालमा पछिल्लोपटक कोरोना संक्रमणवाट थप ६ जनाको मृत्युु भएको छ । रुपन्देही र पाल्पामा दुई–दुईजना चीतवन र धरानमा एक–एक कोरोना संक्रमितको मृत्यु भएको हो। तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
तिलोत्तमाकी महिलाको गयराति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुु भएको छ । यस्तै बुटवलका पुरुषको आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिनुुभयो । उता पाल्पामा पनि थप दुई जना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार गएराति पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, भेन्टिलेटर नपाउँदा रुपन्देहीबाट पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न ल्याएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय बृद्धको मृत्यु भएको छ । उनको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।
यसैबिच, चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ११ का ५६ बर्षिय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वाशमा समस्या आएपछि उनको भरतपुर अस्पतालको आइसीयुमा उपचार भइरहको थियो ।