Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

  • आइतवार, बैशाख २ २०८१

  • 1.4K
    SHARES

  • सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस
    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गर्नुभएको छ । उहाँले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गर्नुभएको हो ।
     
    चौधरीले नागरिक उन्मुक्ति पार्टी (७ सांसद), नेपाली कांग्रेस (१८ जना) र एकीकृत समाजवादी (४) जनाको समर्थनसहित दाबी पेस गरेका हुन्।
     
    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति गरेको थियो। नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धनबाट कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहनुभएको थियो। तर उहाँको पार्टीभित्र भने विवाद देखिएको थियो।
     
    नाउपाभित्रकै विवादका बीच लक्ष्मणकिशोर चौधरीले कांग्रेस र एकीकृत समाजवादीको समर्थनसहित दाबी पेस गर्नुभएको हो ।
     
    दाबी पत्रमा नाउपाका ७ सांसद उल्लेख छ। तर सो पार्टीकी इन्दिरा गिरी पदमुक्त भइसक्नुभएको छ। त्यस्तै संसदीय दलका नेता घनश्याम चौधरीलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले तीन महिनाका लागि निलम्बन गर्नुभएको छ।
     
    435627901_432660229308953_4269946880249801598_n-(1)-1713087716.png


    आइतवार, बैशाख २ २०८१०३:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij