Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ जना डिस्चार्ज

नेपालमा आज थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ जना डिस्चार्ज

  • सोमवार, कार्तिक १० २०७७

  • 1.6K
    SHARES

  • नेपालमा आज थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ जना डिस्चार्ज

    काठमाडाैं । नेपालमा आज थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।


    सोमवार, कार्तिक १० २०७७०६:३३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij