काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ। हिजोको तुलनामा आज यसवर्षकै अन्तिम दिन नेप्से १०.७१ अंक घटेर २०२५ अंकमा कायम भएको छ। भोली सार्वजनिक बिदा परेपछि अब २ वैशाख २०८१ मा कारोबार खुल्नेछ।
आज कुल ३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। यसअघि हिजो ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। कुल ६३ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ६ को स्थिर रह्यो।
ब्यापार १.४६ प्रतिशत तथा उत्पादन ०.१३ प्रतिशत बढे। तीबाहेक सबै समूह घटेका छन्। फाइनान्स सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो ।
आज बैंकिङ ०.४२, विकास बैंक ५०, फाइनान्स ५१, होटल तथा पर्यटन ८७, हाइड्रोपावर १, जीवन बीमा १३०, माइक्रोफाइनान्स ४६, निर्जीवन बीमा १११ र अन्य समूह ७ अंकले घटेका छन्।