काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारी ठगी प्रकरणमा जति पनि मुछिएका छन् ती सबै व्यक्तिलाई छानविनको दायरामा ल्याउनुपर्छ भन्ने आफूहरुको अडान रहेको बताउनुभएको छ ।
कुनै एक व्यक्ति विशेष भन्दा पनि सहकारी प्रकरणमा नाम मुछिएका सबै र जो सुकै दल अथवा पद र प्रतिष्ठामा भएका व्यक्ति छन् ती सबैमाथि छानविन र दोषि भए कारवाही हुनुपर्ने र पिडीतलाई न्याय हुनुपर्ने नेता परियारको भनाइ छ ।
सहकारीका बारे संसदीय छानविन समिती गठन हुनैपर्ने र नभएसम्म आफूहरुको अवरोध र विरोध कायमै रहने उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले सत्तामा बाहिर हुनुपरेको पिडा कांग्रेसले पोखिरहेको छ भन्ने लगायतका सार्वजनिक प्रसंगलाई गलत सावित गर्दै उहाँले दोषी, आरोपित र भ्रष्टाचारीको विपक्षमा सरकारमा हुँदा पनि बाहिर हुँदा पनि बोलिरहने पार्टी नै कांग्रेस भएकाले आफूहरुलाई सत्ताको कुनै पनि मोह नभएको दाबी गर्नुभयो ।
पिडितले नामै तोकेर जस्को बारेमा छानविन हुँदै छ त्यहि व्यक्ति नै गृहजस्तो पदमा भएका कारणले गर्दा छानविनमा प्रवाभ पर्न सक्ने भएकाले यो कुरा संसदमा उठेको बताउँदै नेता परियारले प्रधानमन्त्रीले नै न्यायाधीश जस्तो बनेर क्लिन चिट दिन खोज्नुले झन् ठुलो आसंका उब्जिाएको बताउनुभयो ।
यस्तै, एमालेले पनि संसदीय छानविन समिती गठनको आवश्यकता नरहेको बताइरहेको छ । यहि प्रसंगमा नेता परियारले सहकारीका अधिकांश व्यक्तिहरु एमालेका नेताहरु भएकाले एमालेले सहकारीको छानविन होस भन्ने नचाहेको आरोप लगाउनुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने शर्त समेत राख्नुभयो ।