Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतको ‘झझि’ आदेश, अर्को पेशी वैशाख ३ गते

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतको ‘झझि’ आदेश, अर्को पेशी वैशाख ३ गते

  • शुक्रवार, चैत्र २३ २०८०

  • 1.2K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतको ‘झझि’ आदेश, अर्को पेशी वैशाख ३ गते
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश  गरेको छ। 
     
    उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो। पुनरावेदन गरिएको कुनै मुद्दामा अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने (झझि) गरिन्छ ।  
     
    उच्च अदालत पाटन प्रशासनका अनुसार मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ।  गौशाला २६ सांकेतिक नाम दिइएकी एक युवतीले जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सन्दीप दोषी ठहर भएका थिए।  
     
    त्यसपछि सन्दीपले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। उनले उक्त फैसला बदरको माग गरेका छन्।
     
    पीडित युवती गौशाला २६ का तर्फबाट पनि सरकारी वकिलले सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको सजाय कम भएको भन्दै पुनरावेदन गरिएको  छ।
     
    गौशाला २६ लाई काठमाडौं जिल्ला अदालतले १८ वर्ष पूरा भएर बालिग भएको फैसला दिएको थियो। तर उनी नाबालिग नै रहेको दाबी गर्दै उच्चमा पुनरावेदन गरिएको हो।  


    शुक्रवार, चैत्र २३ २०८००७:१७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij