Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको मिथ्या आरोपका भरमा छानबिन समिति बन्दैन : परियार

कांग्रेसको मिथ्या आरोपका भरमा छानबिन समिति बन्दैन : परियार

  • आइतवार, चैत्र १८ २०८०

  • 814
    SHARES

  • कांग्रेसको मिथ्या आरोपका भरमा छानबिन समिति बन्दैन : परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने प्रष्टीकरण दिनुभएको छ ।

    आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरूमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मिथ्या आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने प्रष्ट्याउनुभएको हो ।

    ‘यस विषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारिसक्नुभएको छ । स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस विषयमा स्पष्ट पार्न तयार हुनुन्छ । कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकूचित गर्न हुँदैन’, उहाँले भन्नुभयो ।

    परियारले कांग्रेससँग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुंगोमा पुर्‍याउने बताउनुभयो ।


    आइतवार, चैत्र १८ २०८००३:५३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij