Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इलाम २ मा वाम शक्तीको उम्मेदवार बनेर गएको भए सहज र सहजै ढंगले विजय प्राप्त गर्न सक्थे: झलनाथ खनाल

इलाम २ मा वाम शक्तीको उम्मेदवार बनेर गएको भए सहज र सहजै ढंगले विजय प्राप्त गर्न सक्थे: झलनाथ खनाल

  • शनिवार, चैत्र १७ २०८०

  • 724
    SHARES

  • इलाम २ मा वाम शक्तीको उम्मेदवार बनेर गएको भए सहज र सहजै ढंगले विजय प्राप्त गर्न सक्थे:  झलनाथ खनाल

    काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आफू इलाम २ मा वाम शक्तीहरुको उम्मेदवार बनेर गएको भए सहज र सहजै ढंगले विजय प्राप्त गर्न सक्ने अवस्था हुने बताउनुभएको छ ।

    यस्तै आफूले विजय प्राप्त गर्दा वर्तमान सरकारमा बामपन्थीहरुको एउटा सदस्य बढ्ने र साथसाथै ०८४ को निर्वाचनमा इलामका २ वटा क्षेत्रहरुमा बामपन्थीले विजयी हासिल गर्न सकिने सम्भावना हुने स्पष्ट पार्नुभयो । तर बामपन्थी समूहको नेतृत्वले यो सम्भावना देख्न, बुझ्न र आत्मसात गर्न नसकेकोले यसको परिणामस्वरुप अहिले अलगअलग सबै पार्टीहरु प्रष्पिर्धामा उत्रने स्थिती भएको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले सत्तामा रहेका दलहरुले आ–आफ्ना उम्मेदवार उठाउनेक्रममा नेकपा एसबाट पनि शसक्त र सम्भावना बोकेका युवा जितबहादुर राईलाई उम्मेदवार उठाएकाले राईलाई त्यहाँका जनताले अत्यधिक मतका सात जिताउछन् भन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

    सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले साझा उम्मेदवार नउठाएर अलग–अलग उठाउनु नराम्रो नभएको र यसले लोकतन्त्र भनेको के चिज हो, कस्तो लोकतन्त्र नेपालमा जरुरी छ भन्ने कुरा बुझ्न यसले मद्दत पुग्ने स्पष्ट पार्नुभयो ।

    इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेको हो भने माओवादी पदाधिकारी बैठकले पनि दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाम–२ मा मात्र उम्मेदवार उठाउने भएको छ । नकपा एसले दुवै क्षेत्रमा उम्मेदवारको नाम टुगो लगाइसकेको छ । जनता समाजवादीले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।


    शनिवार, चैत्र १७ २०८००७:५९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij