Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ४.७८ अंकको सुधार

सेयर बजारमा ४.७८ अंकको सुधार

  • बिहिवार, चैत्र १५ २०८०

  • 690
    SHARES

  • सेयर बजारमा ४.७८ अंकको सुधार
    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) नेप्से परिसूचक चार अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार  १०.८३ अंकले घटेको नेप्से आज  ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा अडिएको छ। 
     
    नेप्सेमा सामान्य अंकको सुधार आउँदा कारोबार रकम बुधबारको तुलनामा बढेको छ। यसदिन ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता सेयर  २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन  २ अर्ब २३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
     
    आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। हिमालयन ऊर्जा विकासको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी  सर्वोत्तम सिमेन्टको ९.९६,हिमालयन हाइड्रोपावरको ८.७३,सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको ७।४४ प्रतिशतले सेयर मूल्य बढेको हो ।
     
    कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट अग्र स्थानमा रह्यो। सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ​​​​​​​गोर्खाज फाइनान्सको १६ करोड,शिवं सिमेन्टको १५ करोड,सोनापुरको ११ करोड,पिपुल्स पावरको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
     
    पाँच समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। मनु एण्ड प्रोको सूचक सर्वाधिक २.४० प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये १२० को मूल्य बढ्दा ११५ वटाको घट्यो। १० वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।


    बिहिवार, चैत्र १५ २०८००३:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij