Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.1K
    SHARES

  • कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

    कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाका कारण मृत्यु भएको हो ।

    चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुुभयो ।

    निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

     


    आइतवार, कार्तिक ९ २०७७०२:३०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij