काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकको वृद्धी भएको छ। आज नेप्से परिसुचक १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको छ। हिजो दोहोरो अंकको गिरावट आएको बजारमा आज सूचकमा सुधार भएपनि कारोबार रकम भने बढ्न सकेन।
हिजो बजार घट्दा पनि २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ कारोबार भएकोमा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ कारोबार भएको छ। गत साताको अन्तिम दिन बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो।
आज १६८ कम्पनीका सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो। १३ मध्ये फाइनान्स, जीवन बीमा र व्यापार उप–समूहबाहेक सबै बढेकाले परिसूचक बढेको हो।
घटेको बजारमा पनि दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टका सेयर बढेर पोजेटिभ सर्किट लागेको छ। सर्वाधिक कारोबार शिवम् सिमेन्टको ९ करोड ३१ लाख बराबर भएको छ। सर्वाधिक घटेको सूचीमा धौलागिरी लघुवित्त पहिलो नम्बरमा छ।