Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणले गण्डकी प्रदेशमा थप ३ जनाको मृत्युु

कोरोना संक्रमणले गण्डकी प्रदेशमा थप ३ जनाको मृत्युु

  • आइतवार, कार्तिक ९ २०७७

  • 809
    SHARES

  • कोरोना संक्रमणले गण्डकी प्रदेशमा थप ३ जनाको मृत्युु

    पोखरा । कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्युु भएको छ । गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको हो ।

    गण्डकी सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आज बिहान दिएको जानकारी अनुसार पोखराका तीन जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १ का ४२ वर्षीय, पोखरा २८ का ६८ वर्षीय र पोखरा ३१ का ५८ वर्षीय पुरुष छन् । पोखरा १ का पुरुषको पोखरास्थित चरक मेमोरियल, पोखरा २८ का पुरुषको गण्डकी मेडिकल कलेज र पोखरा ३१ क पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमक प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुुभएको छ ।

    मृत्यु हुने तीन जनामा नै निमोनियाको समस्या रहेको बताइएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२जना पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ६४ सय ४९ जना पुगेको छ ।


    आइतवार, कार्तिक ९ २०७७०७:१४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij