Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

  • शनिवार, चैत्र १० २०८०

  • 1.5K
    SHARES

  • नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ थियो ।

    तोलामा ११ सय रुपैयाँले घटेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ थियो ।

    यस्तै, यो साता चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम थियो । जुन, यो साता तोलामा १५ सय रुपैयाँ कायम भएको हो ।

     


    शनिवार, चैत्र १० २०८००२:०३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij