Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक १५ अंकले घट्यो, ४ अर्बको कारोबार

नेप्से परिसूचक १५ अंकले घट्यो, ४ अर्बको कारोबार

  • बिहिवार, चैत्र ८ २०८०

  • 655
    SHARES

  • नेप्से परिसूचक १५ अंकले घट्यो, ४ अर्बको कारोबार
    काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार आज नेप्से परिसूचक दोहोरो अंकले  घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो ।
     
    सेन्सेटिभ इण्डेक्स  २.६१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा अडिएको छ । दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने हिजोको तुलनामा बढेको छ ।
     
    यसदिन ३१५ कम्पनीको १ करोड ८५ लाख  ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन हिजो ३ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
     
    दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । धवलागिरि लघुवित्त वित्तीय संस्था र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
     
    किसान लघुवित्त वित्तीयको ९.९१,कर्णाली डेभलपमेन्टको ९.२३ र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.२३ प्रतिशतले सेयर मूल्य बढेको हो । कारोबार रकमका आधारमा  माछापुच्छ्रे बैंक अग्रस्थानमा रह्यो ।  सो कम्पनीको १ अर्ब २१ करोड  मूल्य बराबरको सेयर कारोबार भयो ।
     
    अधिकांश समूहको उपसूचक राताम्मे देखिएका छन् । ट्रेडिङबाहेक अन्य १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन् । कारोबारमा आएका ४९ कम्पनीको मूल्य बढ्दा १८७ वटाको घट्यो ।
     


    बिहिवार, चैत्र ८ २०८००३:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij