काठमाडौं । नेपाली कांग्रेसका नेता ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नभई उहाँको प्रवृतिको विरोधमा रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले विभिन्न भ्रष्टाचार प्रकरणहरुहरुमा मुछिएका आरोपित व्यक्ति नै गृहजस्तो छानविन गर्ने ठाउँमा बस्न नहुने भन्दै लामिछानेले नैतिकता देखाउनपर्नेमा जोड दिनुभएको छ ।
रास्वपाका सभापतिसमेत रहनुभएका लामिछानेले आफू गृहबाट बाहिरिएर गृह रास्वपाकै कोटा भए सोहि पार्टीको अर्को सांसदलाई गृहमन्त्री बनाएर छानविनलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट गर्न सहयोग पु¥याउनुपर्ने नेता श्रेष्ठले माग गर्नुभयो ।
गृहमन्त्री लामिछाने अहिले आफै बोक्सी आफै धामी बनिरहेको समेत नेता श्रेष्ठको आरोप रहेको छ । यस्तै सहकारीमा ठगीएका पीडितलाई न्याय र क्षतीपुर्ती दिनतर्फ लाग्नुपर्ने सरकार उल्टै भ्रष्ट र आरोपितलाई जोगाउनतर्फ लागिरहेको भन्दै आपत्ती जनाउनुभयो ।
प्रमूखप्रतिपक्ष दल कंग्रेसले लगातार संसदमा गृहमन्त्री लामिछानेको राजीनामा र सहकारी ठगी प्रकरणको सत्य तथ्य छानविनको माग गर्दै अवरोध गरिरहेको छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गृहमन्त्री लामिछानेको बचाउमा उत्रिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नदेखिएको जवाफसमेत दिनुभएको छ भने ओलीले लामिछानेलाई बदनाम गर्न खोजिएको तर्क गर्नुभएको छ ।