काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज ६ अंक बढीले घटेको छ। हिजो सोमबार ३ अंकले बढेको बजार आज ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स समेत १.१६ अंकले घट्दै ३६८.३९ अंकमा झरेको छ।
आज १३ वटा उपसूचकमध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन समूह, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स तीनवटा उपसूचक मात्र धनात्मक भएका छन्।
तर, आज हिजोको भन्दा कारोबार भने केही बढेको छ। ६ अंकले घटेको बजारमा आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ। हिजो २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ ४२४ कित्ता सेयर कारोबार भएको थियो।