काठमाडौं। रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज एक सुचना जारी गर्दै थप ७ जना नेपालीले ज्यान गुमाएको पुष्टि गरेको हो ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार आज पुष्टी भएका सातसहित अहिलेसम्म कुल १९ जनाको मृत्यु पुष्टी भएको छ।
मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।
रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ।
साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिः
