Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजार राताम्मे, यस्तो छ आजको बजार...

सेयर बजार राताम्मे, यस्तो छ आजको बजार...

  • बिहिवार, चैत्र १ २०८०

  • 803
    SHARES

  • सेयर बजार राताम्मे, यस्तो छ आजको बजार...

    काठमाडौं। सेयर बजार परिसुचक(नेप्से) आज राताम्मे भएको छ। साताको अन्तिम कारोबार दिन नेप्से सूचक आज झण्डै २८ अंकले घटेर राताम्मे बनेको हो। आज २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको छ।

    केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा हिजो २ अंकले गिरावट आएको थियो। आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको हो।

    सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने अरु बाँकी १२ वटा उपसूचक २ प्रतिशत कमले घटेका छन्। आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज २७ अंकमाथिले नेप्से सूचक घटेको यसदिन ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ।

    आज वीइन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०२ प्रतिशतले घट्न पुगेको छ।


    बिहिवार, चैत्र १ २०८००३:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij