काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ ।
दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने भएको हो ।
विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीेले विभागका बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्ने जानकारी दिनुुभयो ।
नियमित पाँच÷सात टोलीले बजार अनुगमन गर्दासमेत अनुचित क्रियाकलाप वृद्धि हुँदै गएको जानकारी दिँदै उहाँले “बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्ने बताउनुुभयो ।गोरखापत्र दैनिकमा खवर छ ।