Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु

  • शुक्रवार, कार्तिक ७ २०७७

  • 728
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु


    काठमाडौं । नेपालमा हलसम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ। ४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्।
    मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

     


    शुक्रवार, कार्तिक ७ २०७७०४:४५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij