काठमाडौं । निर्वाचन आयोगले इलाम– २ र बझाङ–१ का जनतालाई आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो।
निर्वाचन कार्यालयबाट २०८० फागुन १३ गते सम्म संकलन भएका विवरणमध्ये २०८१ वैशाख १४ गते सम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने उहाँले जानकारी दिनुभएको छ।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गतेदेखि २०८० चैत्र ५ सम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
यसका लागि फागुन २८ गते आयोगको वेबसाइट www.election.gov.np मा मतदाता नामावली प्रकाशन गरिने पनि आयोगले जानकारी दिएको छ ।
उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन र एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि मा गई अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिनेछ । मातदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् चैत्र २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।