Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको नयाँ कार्यसमिति चयन, यी हुन् पदाधिकारी...

नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको नयाँ कार्यसमिति चयन, यी हुन् पदाधिकारी...

अधिवेशनमा चल्यो भरतपुर भ्रमण वर्षको चर्चा
  • बिहिवार, फाल्गुण २४ २०८०

  • 1.2K
    SHARES

  • नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काको नयाँ कार्यसमिति चयन, यी हुन् पदाधिकारी...

    काठमाडौं। नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्का स्पेनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। दोश्रो अधिवेशनबाट बालकुमार बुढाको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति बनेको हो। बाग्लुङको तमानखोला गाउँपालिका घर भएका बालकुमार ७ वर्षदेखि स्पेनमा छन्। उपाध्यक्षमा बाग्लुङ काठेखोला गाउँपालिकाका सुवास पुन चयन भएका छन्। सचिवमा चितवन माडीका विप्लव काफ्ले चयन भएका छन्। उनी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील थिए।

    सहसचिवमा स्पेनमै पाइलट अध्ययनरत नवलपुरको गैडाकोट नगरपालिकाकी सेजल कँडेल चयन भएकी छन्। कोषाध्यक्षमा बाग्लुङका कृष्ण पुन चयन भएका छन् । सदस्यहरुमा चितवनकी सम्झना मैनाली भट्ट, एकबहादुर भट्ट, नवलपुरका वर्षा कँडेल, माधव न्यौपाने, टंकप्रसाद शर्मा चयन भएका छन् । १ जना सदस्य पछि कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ।

    सल्लाहकार कमिटिमा निवर्तमान अध्यक्ष केशरबहादुर थापा, पूर्व अध्यक्ष केशवराज कँडेल छन्। कोष्टाव्लाङ्का क्षेत्रमा प्रगतिशील विचार भएका नेपालीहरुको बाहुल्यता छ । मञ्च नेकपा माओवादी निकट संगठन हो।

    अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेपाली जनप्रगतिशील मञ्चको प्रवास समन्वय समितिका केन्द्रीय सदस्य गंगा भुषालले जनप्रगतिशील मञ्च युरोपको ५ औं महाधिवेशनमा युरोपभरका नेपालीहरुको जमघट बार्सिलोनामा हुने बताए। उनका अनुसार १५० बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले स्पेनमा रहेका नेपालीको दुख, सुखमा मञ्च सदैव सक्रिय रहेको बताए ।

    कार्यक्रममा एनआरएनए स्पेनका सचिव केशवराज कँडेल, सन्तोष अर्याल, मञ्चका केन्द्रीय महासचिव सूर्यप्रसाद सापकोटा धिरज, कोषाध्यक्ष गोविन्द अधिकारी, एनआरएनए स्पेनका सल्लाहकार मुकुन्द लामिछाने, निवर्तमान उपाध्यक्ष सृजना लामिछाने, एनआरएनए कोष्टाव्लाङ्काका कोषाध्यक्ष सुवास ओली, कोष्टाव्लाङ्का समाजका सस्थापक अक्कल बहादुर बोहरा, उपाध्यक्ष छवि श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न स्पेनमा रहेका नेपाली एकजुट हुनुपर्ने धारणा राखेका थिए । उनीहरू स्पेनीसहरुलाई भरतपुर घुम्न आव्हान गर्ने अभियान चलाउन एकमत भएका छन् । पोर्तुगलमा रोजगारीको शिलशिलाम पोर्तुगलमा ज्यान गुमाएका बागलुङका सुवास थापाको सम्झनामा श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो । थापाको परिवारलाई सहयोग गर्न एनपीपीएफ कोष्टाव्लाङ्काले आर्थिक सहयोग अभियान समेत चलाएको थियो । संकलित रकम छिटै हस्तान्तरण गरिने जनाइएको छ ।

     

     


    बिहिवार, फाल्गुण २४ २०८००७:२३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij