Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हाँस्य कलाकार हरिवंश र पत्नी रमिला कोरोना संक्रमणमुक्त

हाँस्य कलाकार हरिवंश र पत्नी रमिला कोरोना संक्रमणमुक्त

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.4K
    SHARES

  • हाँस्य कलाकार  हरिवंश र पत्नी रमिला कोरोना संक्रमणमुक्त

    काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् ।

    उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए । हरिवंशले कोरोना संक्रमण भएपछि कोरोनालाई सामान्य रुपमा नलिन र नआत्तिन आग्रह गरेका थिए । उनले, यसपटक दशैंमा टिका लगाउन आफ्नो घर नआइदिन पनि आग्रह गरेका थिए ।

    हरिवंश र रमिलाको रिपोर्ट पोजिटिभ आएपनि उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो । हरिवंश र रमिलाले १६ दिनमा कोरोनालाई जितेका हुन् ।


    बिहिवार, कार्तिक ६ २०७७०७:४८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij