Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको अध्यक्षमा कस्लाई उठाउने भन्नेबारे कुनै पनि निर्णय भइसकेको छैन: मीन विश्वकर्मा

राष्ट्रिय सभाको अध्यक्षमा कस्लाई उठाउने भन्नेबारे कुनै पनि निर्णय भइसकेको छैन: मीन विश्वकर्मा

‘माओवादीको निर्णय स्वभाविक हो ’
  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 479
    SHARES

  • राष्ट्रिय सभाको अध्यक्षमा कस्लाई उठाउने भन्नेबारे कुनै पनि निर्णय भइसकेको छैन: मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय सभाको अध्यक्षमा कस्लाई उठाउने भन्नेबारे पार्टीमा कुनै पनि निर्णय भइनसकेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार कस्लाई बनाउने को भन्नेबारेमा छलफल नै नचलेको तर अब छिट्टै यसबारेमा अन्तिम निर्णय गरिने स्पष्ट पार्नुभयो ।

    माओवादी केन्द्रले पनि राष्ट्रिय सभामा अध्यक्षका लागि आफ्ना उम्मेदवार उठाउने निर्णय गरेपछि सत्ता गठबन्धनमा खटपट आएको हो भन्ने आशंका भइरहेको बेला नेता विश्वकर्माले माओवादीले निर्णय गर्नु स्वभाविक भएको बताउनुभएको छ ।

    माओवादी केन्द्रले राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी उठाउने निर्णय समसामयिक र प्राकृतिक भएको बताउँदै उहाँले स्थायी कमिटी बैठकमा गठबन्धनबारे केहि पनि नबोलेकाले अहिले नै गठबन्धन फुटको संघारमा, दरारलगायतका खबरहरु आउनु अत्तालिनु र बिचलित हुनुजस्तो बुझिएको टिप्पणी गर्नुभयो ।

    यस्तै माओवादीको निर्णयलाई आफूहरुले स्वभाविकरुपमा लिएकाले यसबाट आफूहरु अलिकति पनि बिचलित हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । गठबन्धनमा आवद्ध दलहरु एक ठाउँमा बसेर जसरी सहमति र छलफल हुन्छ त्यो नै अन्तिम निर्णय हुने पनि नेता विश्वकर्माले बताउनुभयो ।

    कांग्रेससँग भएको सिटको संख्याले मात्रै र माओवादी, एमालेसँग भएको सिटको संख्याले मात्रै पनि राष्ट्रिय सभाको अध्यक्ष नबन्ने भएकाले कोहि न कोहि दुई भन्दा धेरै सिट संख्या नमिलीकन अध्यक्ष नबन्ने भएकाले एउटा दलले गरेको निर्णयबाट अरु बिचलित हुनु नपर्ने स्पष्ट पार्नुभयो ।

    राष्ट्रिय सभाको अध्यक्षका लागि गठबन्धन या तालमेल आवश्यक हुने भएकाले अहिले कै गठबन्धनको बैठकबाट निर्णय हुने पनि उहाँको विश्वास रहेको छ ।


    शुक्रवार, फाल्गुण १८ २०८००८:१२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij