Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेजाले १७औं साधारण सभा बोस्टनमा गर्ने

नेजाले १७औं साधारण सभा बोस्टनमा गर्ने

  • बुधवार, फाल्गुण १६ २०८०

  • 571
    SHARES

  • नेजाले १७औं साधारण सभा बोस्टनमा गर्ने

    अमेरिका । नेपाल अमेरिका पत्रकार संघ ९नेजा० ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ ।

    नेजाले फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बसेको बैठकबाट यही मे २५(२६, २०२४ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरिएको जनाएको छ ।

    बोस्टनमा हुने सो साधारण सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

    यसैगरी, नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका (News Bulletin) प्रकाशन गर्नेसमेत जनाएको छ । यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजालाई उत्तर अमेरिकामा रहेका मूलधारका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गरी आफ्नो दायरा फराकिलो बनाउन पहल गर्ने बताइएको छ ।

    यस्तै, नेपाल तथा उत्तर अमेरिकामा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा नेजाले अध्येतावृत्ति (Fellowship) प्रदान गर्ने भएको छ । यसले स्वदेश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुन टेवा पुग्ने जनाइएको छ । यसैगरी, नेजाले अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ ।

    यसैगरी, नेपाली समुदायमा रहेका विभिन्न संघ-संस्थाबाट नेजालाई प्रचार-प्रसार तथा समाचार संप्रेषणका लागि अनुरोध आउने बताउँदै समुदायका कार्यक्रम तथा गतिविधिका बारेमा प्राप्त सूचनालाई समाचारको रुपमा तयार पारी आमसञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाइएको छ । यस्तै, समुदायमा हुने गतिविधि एवं कार्यक्रमका बारेमा आवश्यक सूचना नेजाको आधिकारिक इमेल news@neajausa.org मार्फत उपलब्ध गराउन सकिने समेत उल्लेख गरिएको छ ।




    बुधवार, फाल्गुण १६ २०८००७:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij