Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको जिम्मेवारी हेरफेर, कुन प्रदेशमा को ?

नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको जिम्मेवारी हेरफेर, कुन प्रदेशमा को ?

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 1.1K
    SHARES

  • नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको जिम्मेवारी हेरफेर, कुन प्रदेशमा को ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरूलाई पठाउने प्रस्ताव भएको सचिव दिनानाथ शर्माले बताउनुभयो ।

    उहाँका अनुसार कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम आजको बैठकमा प्रस्ताव भएको छ ।

    भोलि बिहान ८ बजे बस्ने बैठकले यो प्रस्तावलाई पारित गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आज प्रदेश इन्चार्जको नाम प्रस्ताव भएको छ । अब भोलि बस्ने बैठकले टुंग्याउँछ । अन्य केही कमिटी र सहइन्चार्जसहित केही विषय टुंगिन बाँकी छ ।’


    मंगलवार, फाल्गुण १५ २०८००२:१७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij