काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३६ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
हालसम्म देशभर संक्रमित हुनेको संख्या एक लाख ४८ हजार पाँच सय नौ पुगेको छ । आज ३ हजार २ सयजना संक्रमित निको भई डिस्चार्ज भएका छन् । अहिलेसम्म कुल ३२ सय १५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार आठ सय २० पुगेको छ । अहिले निको हुने दर ६९.२ प्रतिशत रहेको छ । हाल देशभर ४४ हजार आठ सय ७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुुभयो ।
हाल १३ हजार तीन सय ३९ जना संस्थागत आइसोलेसनमा र ३१ हजार पाँच सय ३८ होम आइसोलेसनमा रहेको उहाँले बताउनुुभयो । संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।