काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्युु भएको छ । योसँगै बिहीबारसम्म देशभर संक्रमणबाट मृत्युु हुनेको संख्या आठ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर बिहीबार ३६ सय ३७ जना संक्रमित थप भएका छन् भने ३२ सय १५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४४ हजार आठ सय ७७ पुगेको छ । हाल दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुुभयो ।